मोबाईलबाटै सेवा लिन सकिने स्मार्ट चाँगुनारायण नगरपालिका

भत्तपुरको चाँगुनारायण नगरपालिका सुशासनलाई पादर्शी वनाउन स्मार्ट प्रविधिबाट डिजिटल प्रोफाइल तयार गर्ने र स्मार्ट सेवा सुविधा दिने लागि परेको छ । 

भक्तपुरको चाँगुनारायण नगरपालिकाले स्मार्ट पालिका नामको संस्थासँग सहकार्यमा गरी स्मार्ट पालिकामा आधारित डिजिटल प्रोफाइल र स्मार्ट मोबाईल एप्स तयार गर्न शुुरु गरेको छ। २०७७ चैत्र २३ गते नगरपालिका र संस्था विच यो परियोजनामा सम्झौता भएको हो। यो सम्झौता स्मार्ट पालिकाको प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराई र चाँगुनारायण नगर प्रमुख सोम प्रसाद मिश्र बिच सम्पन्न भएको हो।  

frontline

डिजिटल प्रोफाइल र मोबाईल एप्ससँग स्मार्ट पालिकाको एकीकृत सुशासन प्रणाली (इआरपि सिस्टम) पनि तयार गरी आहिलेसम्मका सबै सिस्टम र भविष्यमा आउने अरु सिस्टमहरुलाई पनि एउटै प्लेटफर्ममा एकीकृत गर्ने निर्णय पनि यस कार्यक्रममा भएको थियो।

इपिआर प्रयोग गरी चाँगुनारायण नगरपालिकाले एक द्धारप्रणाली कार्यान्वयन गर्ने तयारी गरिरहेको जनाएको छ । डिजिटल प्रोफाइलले स्थानीय तहमा व्यक्तिगत, घरधुरी, व्यापार, सेवा र सुविधाहरूबारे विस्तृत जानकारी र डाटा प्रदान गर्नेछ । यो प्रणालीले स्थानीय सरकारलाई योजनाहरु बनाउन, महत्वपूर्ण निर्णयहरु लिन र आफ्नो क्षेत्रको विकास कार्यहरु गर्नमा ठूलो सहयोग पुग्ने विस्वास लिएको छ । 

डिजिटल प्रोफाइल तयार भए पछि नगरले यसको प्रयोग गरी आफ्नो वर्तमान अवस्था थाहा पाउनुको साथै नगरको भविष्यको योजनाहरु बनाउन सहज हुने विस्वास नगरपालिकाले लिएको छ । स्मार्ट मोबाईल एप्स मार्फत सेवाग्राहीको गुनासो, हेल्लो मेयर प्रयोग गरी आफ्नो नगर प्रमुखसँग र जन गुनासोबाट उप–प्रमुखसँग सिधा कुराकानी र गुनासो राख्न सकिने छ। त्यसैगरी नागरिक वडापत्र, नगरमा चलिरहेका परियोजना, आकस्मिक सेवाहरुको विवरण, वडाहरुको विवरण, सुचना–समाचार लगायत डिजिटल प्रोफाइलको सामान्य विवरणहरु पनि मोबाईल एप्सद्वारा हेर्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here