मोडेर्नाको खोप शुक्रबार आइपुग्ने, ९ लाख ७२ हजार मात्रा कोभिशिल्ड आइपुग्यो

श्रोत : ईन्टरनेट

१६ मंसिर, काठमाडौं । मोडेर्ना कम्पनीले कोरोना भाइरस विरुद्ध उत्पादन गरेको खोप । शुक्रबार पहिलो पटक नेपालमा ल्याइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व्यवस्थापन महाशाखा अन्र्तगत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले शुक्रबार कोभिडविरुद्धको मोडेर्ना खोप आउन लागेको जानकरी दिनुभयो ।

उहाँले कोभ्याक्स सुविधा अन्तरगर्त एक लाख ८८ हजार मात्रा खोप आउन लागेको जानकारी दिनुभयो । अमेरिकी कम्पनीले उत्पादन गरेको मोडेर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

frontline

मोडेर्ना खोप फाइजर जस्तै १८ वर्ष मुनिका बालबालिकालाई पनि दिन सकिन्छ । तर नेपालमा आउन लागेको खोप कसलाई दिने भन्ने विषयमा केही पनि निर्णय हुन सकेको छैन ।

बुधबार नेपालमा थप नौ लाख ७२ हजार मात्रा कोभिशिल्ड खोप ल्याइएको छ । सरकारलाई कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त भएको थप नौ लाख ७२ हजार खोप काठमाडौँ आइपुगेको हो । दुई दिनअघि पनि कोभ्याक्स सुविधा अन्तर्गतको सात लाख २५ हजार मात्रा खोप आएको थियो । कोभ्याक्स सुविधा अन्र्तगत नेपालले पाउने ६० लाख मात्रा खोपको निरन्तरतामा नौ लाख खोप आएको हो ।

व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले ६० लाख खोपमध्ये पहिलो पटक सात लाख २५ हजार र बुधबार दोस्रो पटक थप नौ लाख ७२ हजार मात्रा खोप आएको जानकारी दिनुभयो ।

उहाँले आगामी मङ्गसिरमा कोभ्याक्स सुविधा अन्तर्गत नै थप ६ लाख डोज कोभिसिल्ड आउन लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here