मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । भक्तपुर मध्यपुर ठिमीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

बुधबार राति करिब ११ बजे ठिमी नगरपालिका-४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना भएको हो।

frontline

बा७७प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सोलुखुम्बु चौलाखर्क-३ घर भई काठमाडौं काँडाघारी बस्ने २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकलमा सवार उदयपुर ताप्ले गाउँपालिका-५ घर भई काँडाघारी बस्ने २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुली तीनपाटन गाउँपालिका-५ घर भई हाल काँडाघारी बस्ने २५ वर्षी अमित जैरूको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सडकको बीचमा रहेको आइल्याण्डमा मोटरसाइकल ठोक्किएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here