मोटरसाइकल दुर्घटनामा पत्रकार सुरेश कुँवरको निधन

श्रोत : ईन्टरनेट

४ चैत, धनगढी । बझाङका पत्रकार सुरेश कुँवरको निधन भएको छ ।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका पत्रकार कुँवरको स्थानीय देउरा स्वास्थ्य केन्द्रमा
उपचारको क्रममा निधन भएको हो ।

frontline

उनी शुक्रबार २ः३० बजेको समयमा झापा बजारदेखि बिजगडा जाने क्रममा तम्तोलीमा मोटरसाइकल दुर्घटनामा परेका थिए ।

उनले चलाएको सुपप्र ०१-०१०प७०९० नम्बरको मोटरसाइकल सडक भन्दा ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उनी रेडियो सेरोफेरो एफमएममा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here