मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाईते

बुधवार, चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो १२:३० बजेको समयमा ईच्छाकामना गाउँपालिका कुरिनघाट स्थितमा काठमाण्डौँबाट मुग्लिनतर्फ आई रहेको बा४६प ३२० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट गईरहेको ग१६प ५५३१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खांदा दुबै मोटरसाइकलमा सवार चालक सहित ३ जना घाईते भई उपचारको लागि भरतपुर तर्फ ल्याएको जिल्ला प्रहरी कार्यलय चितवनले जनकारी दिएको छ ।

frontline

पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मोटरसाइकल चालक स्याङजा पुतली बजार नगरपालिका ४ का २६ बर्षिय शुसिल पोख्रेलको मृत्यु भएको हो ।

घईते हुनेमा बा४६प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुर कौवादुङमा गाउँपालिका ४ का २४ बर्षिय सन्दिप बस्नेत र सोही मोटरसाइकल पछाडी सवार २१ बर्षिय जय कार्की रहेको प्रहरीले जनकारी दिएको छ ।

घाईते दुबैको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको र उनिहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here