मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २०लाख सहयोग
टोखा नगरपालिकाले हेलम्बु गाउँपालिकालाइ १० लाख र मेलम्ची नगरपालिकालाई १० लाख प्रदान गर्न लागेको
काठमाडौं । टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्ने भएको छ ।
सोमबार टोखा नगरपालिकाको ७० औँ नगर कार्यपालिकाको बैठकले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्चीमा गएको बाढी बाट पीडितजनतालाई राहत र उद्दारका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्याएको क्षति तथा उद्दारका लागि टोखा नगरपालिकाले २० लाख सहयोग गर्न लागेको जानकारी दिइन ।
एक स्थानीय तहलाइ परेको बिपतमा अर्को स्थानीय तह बाट सहयोग गर्नु पर्ने दायित्व सम्झेर सहयोग गर्न लागेको जानकारी गराउदै बैठकले प्राकृतिक प्रकोप बाट घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित मृत्यु भएका दिवंगत ब्यक्तिहरु प्रति हार्दिक श्रद्दान्जली एबम शोक सन्तप्त परिवार प्रति समबेदना समेत ब्यक्त गरेको जानकारी गराएकी छिन।
टोखा नगरपालिकाले हेलम्बु गाउँपालिकालाइ १० लाख र मेलम्ची नगरपालिकालाई १० लाख प्रदान गर्न लागेको हो ।
बाढीले मेलम्ची बजार डुवानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्