मेलम्चीको दनुवार गाउँमा पहिरो

मेलम्ची ।  लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ  । पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको  र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए ।

पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उनले जानकारी दिए । 

frontline

उनले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तहलाई आग्रह गरे । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here