मेरापिक आरोहणमा फसेका ५ पर्यटकको सकुशल उद्धार, एकजना बेपत्ता

फाइल तस्वीर

४ कात्तिक, काठमाडौं । मेरा पिक आरोहणका क्रममा फसेका पर्यटक तथा नेपाली सहयोगीमध्ये ५ जनालाई सकुशल उद्धार गरी काठमाडौं ल्याइएको छ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाका अनुसार मेरापिक (६४७० मि) आरोहण पूरा गरि फर्कने क्रममा फसेकामध्ये ४ जना विदेशी आरोही र एक जना नेपाली पथप्रदर्शकलाई उद्धार गरी काठमाडौं ल्याइएको हो । उनीहरुको अहिले काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार जारी रहेको छ ।

frontline

पिक आरोहण गरी फर्कँदै गर्दा खराब मौसम र ठूलो हिमपातका कारण बाटोमै रोकिएका गोर्खा इभेन्ट्स अर्गनाइजरका सदस्यको खोजीमा उद्धार टोली खटिएको थियो । टोलीले पैदल रुपमा लुक्लामा सुरक्षित रुपमा ल्याएपछि उनीहरुलाई हवाई उद्धार गरी काठमाडौं ल्याइएको हो ।

तर, सोही टोलीमा रहेका छेतेन शेर्पा भने पछिल्लो तीन दिन यता बेपत्ता छन् । उनको खोजी कार्य अहिले पनि जारी रहेको लामाले जानकारी दिए । नुरु शेर्पा र कामी शेर्पासहतिको अनुभवी टीमले उनको खोजी जारी राखेको संघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here