मेयर धर्मेन्द्र पटेलको राजीनामा माग गर्दै स्थानीयद्वारा बिरोध प्रदर्शन

''कोरोनाबाट आक्रान्त रहेको बेला प्रदेश सरकारसहित विभिन्न निकायबाट प्राप्त लाखौं रुपैयाँको राहत चामल, दाल, औषधिलगायत सामग्री नगरवासीलाई वितरण नगरी स्टोरमा राखेर कुहाएर नष्ट पार्ने र लुकेर जमिनमा गाड्न खोज्ने नालायक मेयर धर्मेन्द्र पटेलले राजीनामा दिनुपर्छ,''

बुधबार, रौतहट । मेवालाल यादव १२ गते साउन रौतहटको देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलको राजीनामा माग्दै स्थानीयले प्रदर्शन गरेका छन्।

कोरोना महामारी तथा लकडाउनबाट सृजित जटिल अवस्थाको सामना गर्न विभिन्न निकायबाट प्राप्त भएको राहत सामग्री वितरण नगरी गोदाममा राखेर कुहाएको र लुकेर गाड्न खोजेको उनीहरुको आरोप छ।

frontline

मंगलबार गोनाही बजारस्थित नगरपालिकाको कार्यालय घेराउ गर्न हजारौँ संख्यामा पुगेका स्थानीयले मेयर पटेलको राजीनामा माग्नुका साथै प्रदेश सरकारविरुद्ध समेत नाराबाजी गरेका छन्।

प्रदेशको सत्तारुढ दल जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने मेयर पटेलले राहत वितरण गर्ने कार्यमा आफूलाई आर्थिक लाभ नहुने भएकोले राहतको सामग्री कुहाएर नष्ट गरेको स्थानीयको आरोप छ।

देश सरकारबाट प्राप्त भएको १५ लाखभन्दा बढीको चामल, दाल, औषधिलगायत सामग्री वितरण नगरी गोदाममा राखेको र सोमबार राति मेयर पटेल र जिन्सी शाखा प्रमुख प्रभु यादवले डोजरले खनेर खेतमा गाड्न खोजेको अवस्थामा स्थानीयले रोकेर कुहिएको सामग्री बाहिर राखेका छन्।

प्रदर्शनमा सहभागी स्थानीय राजेश यादवले मेयरले राजीनामा नदिए थप आन्दोलन चर्काउने बताए। जनताको लागि प्राप्त भएको राहत सामग्री कुहाएर मेयरले जनताको भावनासँग खेलबाड गरेको भन्दै यादवले मेयर पदमा बसिरहने नैतिकता हराइसकेको बताए।

कोरोनाबाट आक्रान्त रहेको बेला प्रदेश सरकारसहित विभिन्न निकायबाट प्राप्त लाखौं रुपैयाँको राहत चामल, दाल, औषधिलगायत सामग्री नगरवासीलाई वितरण नगरी स्टोरमा राखेर कुहाएर नष्ट पार्ने र लुकेर जमिनमा गाड्न खोज्ने नालायक मेयर धर्मेन्द्र पटेलले राजीनामा दिनुपर्छ,’ उनले भने, ‘नगरपालिकाको बजेट जति भ्रष्टाचार गरेर नगरलाई बर्बाद बनाएका मेयर पटेलले अहिले लाखौ रुपैयाँको राहत नष्ट गर्ने जुन काम गरेको छ, अब एकछिन पनि ऊ पदमा बसिरहने नैतिकता बाँकी छैन।’ मेयरको कुकर्म एवम् गैरजिम्मेवार कार्यविरुद्ध यहाँ जम्मा भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here