मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो

३० पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई माधव नेपाल नेतृत्व पार्टीको भातृसंस्था अनेरास्ववियूका विद्यार्थीहरुले कालोमोसो दलेका छन्।

शिक्षमन्त्री देवेन्द्र पौडेलले शुक्रबार आयोजना गरेको छलफलपछि विद्यार्थीहरुले मन्त्रालयको पहिलो तलामा कालोमोसो दलेका हुन्।

frontline

अतिरिक्त शुल्क लिएको भन्दै अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनरत छन्। सरकारलाई अटेरी गर्दै अतिरिक्त शुल्क लिएको भन्दै कालोमोसो दलेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए। ‘हामीले कालोमोसो दलेका हौं। उनी मेडिकल माफिया हुन्,’ पराजुलीले भने।

उनका अनुसार प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले अनरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको हो।

काठमाडौं मेडिकल कलेजले ६ लाखसम्म अतिरक्ति शुल्क लिएको विरोध विद्यार्थीहरु एक महिनादेखि आन्दोलनरत छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here