मूर्ति हस्तान्तरण प्रधानमन्त्री केपी ओली

फाइल तस्बिर

अयोध्याधाममा हुने धार्मिक अनुष्ठानका लागि बालुवाटारबाट मुर्ति लगिएको हो । मंगल धुन र पूजापाठबीच प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यसहितको उपस्थितिमा मूर्ति हस्तान्तरण गर्नुभएको हो ।

अयोध्यापुरी व्यवस्थापन समितिका संयोजक तीर्थराज भुसालका अनुसार प्रधानमन्त्रीले मूर्ति हस्तान्तरण गरेपछि रथ, बग्गीसहितको कलशयात्रा र करिब पाँच सय सवारीसाधनसहितको शोभायात्रा मूर्ति बोकेर चितवनका लागि हिँड्नेछ ।

frontline

कार्यक्रममा पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्तलगायतको उपस्थिति रहेको थियो ।

ओलीले नै बनाउन लगाएको भनिएको राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर अयोध्याधाममा स्थापना गर्ने कार्यक्रम छ ।

पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा वैशाख ८ गते बुधबार अनावरण गर्न लागिएको अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here