मुस्ताङ, घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन : ७५३ पालिकाको ऐतिहासिक जलवायु सम्मेलन

मुस्ताङ ।। यस महिनाभित्र मुस्ताङ जिल्लामा ऐतिहासिक जलवायु सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनमा देशभरका ७५३ वटै पालिकाका प्रतिनिधिहरू सहभागि हुनेछन्। यो कार्यक्रम वातावरण संरक्षण, दिगो विकास र जलवायु परिवर्तनको असर कम गर्ने उपायहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

“राजधानीमा सोमबार उहाँले फ्रन्टलाइन कार्यक्रममा सार्वजनिक गर्नुभएको हो।”

frontline

सम्मेलनको संयोजन घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले गर्नुहुनेछ। अध्यक्ष लालचनका अनुसार हिमाली क्षेत्रमा बढ्दो हिउँ पग्लन, पानीको स्रोत सुक्ने अवस्था र बढ्दो वातावरणीय संकटलाई सम्बोधन गर्न सबै पालिकाले साझा कार्ययोजना बनाउनुपर्ने आवश्यकता देखिएको छ।

कार्यक्रमले स्थानीय तहहरूलाई आफ्नो क्षेत्रअनुसार जलवायु प्रतिरोधी नीति बनाउन, राष्ट्रिय स्तरमा सुझाव दिन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज उठाउन सशक्त अवसर प्रदान गर्नेछ। सम्मेलनमा सहभागीहरूले जलवायु परिवर्तन सम्बन्धी अनुसन्धान, अनुभव आदान–प्रदान र साझेदारीका अवसरहरू पाउनेछन्।

विशेष रूपमा यो सम्मेलनले ७५३ पालिकाको साझा आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने र हिमाली भू–भागका चुनौतीहरूको समाधानमा ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।

https://youtu.be/ZcNesgjLGPs?si=5HQpN7-jVfwtWUMu

#Mustang #ClimateSummit #MohanSinghLalchan #753Municipalities #EnvironmentalAction #Nepal #SustainableDevelopment

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here