मुसिकोट नगरपालिका जिल्लाकै नमुना नगरपालिका : नगरप्रमुख सापकोटा

मुसिकोट नगरपालिकाले आफ्नो चौथो स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । २०७२ सालको सविंधानले परिकल्पना गरेबमोजिम २०७२ साल फागुन २२ गते स्थापना भएको सम्झनामा नगरपालिकाले आफ्नो चौथो नगरसभा विविध कार्यक्रमसहित मनाएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले नगरपालिका निर्माणको चरणमा भएका संघर्षहरुको स्मरण गर्दै मुसिकोट नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिकाको रुपमा स्थापित हुन सफल भएको बताए । नगरपालिकाले ४ वर्षको अवधिमा गरेका कामहरुको समिक्षा गर्ने हो भने नीति निर्माण, योजना निर्माण, कार्यान्वयन लगायतका अन्य पूर्वाधार विकासमासमेत जिल्लामै नमुना रहेको उनले बताए ।

frontline

नगरप्रमुख सापकोटाले जनताबाट निर्वाचित भएपश्चात शुन्य अवस्थामा आएका जनप्रतिनिधिहरुको व्यवस्थापनले परिकल्पना गरिएबमोजिम स्थानीय सरकार विकासको आधारको रुपमा अगाडि बढेको समेत बताए ।

फरक प्रसंगमा सापकोटाले प्रतिपक्ष भन्दा पनि कहिलेकाहीँ आफ्नै पार्टीबाट असहयोग हुने बताए । उनले भत्ता र लोभका लागि जनप्रतिनिधि नबन्न समेत आग्रह गरे । विभिन्न बैठकमा आफुले भत्ता कटौती गर्दा र डोजरको मुल्य घटाउँदा कतिपय जनप्रतिनिधि र उपभोक्ता समिति तथा ठेकेदारको नजरमा दोषी बनेको बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले जिल्लाका अन्य स्थानीय तहभन्दा अत्यन्तै सम्भावना बोकेको नगरपालिका रहेको भन्दै मुसिकोट नगरपालिकामा पर्यटन र कृषि क्षेत्रको विकास गर्न सके स्थानीयको जीवनस्तरमा समेत उल्लेख्य सुधार हुने बताए ।

त्यस्तै उनले नगरपालिका भएर बग्ने बडिगाड खोलामा पर्यटनसगं सम्बन्धित थुप्रै सम्भाव्यता रहेको भन्दै बडिगाड नदी पनि विकासको सम्वाहक बन्न सक्ने बताए । सोही अवसरमा अधिकृत भुषालले सत्य निष्ठा, नैतिकता र सदाचारका विषयमा प्रशिक्षण दिँदै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न सके नयाँ अभ्यास र नयाँ संरचना निर्माणमा सहयोग पुग्ने बताए । भुषालले कर्मचारी र जनप्रतिनिधिको भूमिका निकटको रहनुपर्ने पनि धारणा व्यक्त गरे ।

स्थापना दिवसको अवसर पारेर प्रभातफेरी समेत गरिएको थियो । सोही अवसरमा अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, पालिकामा कार्यरत कर्मचारीहरूबीच टिकटक प्रतियोगिता, कर्मचारीहरूको मैत्रीपुर्ण भलिवल खेल लगायतका कार्यक्रमहरू सम्पन्न भए ।

अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री नेपाल राष्ट्रिय मा.वि. मुसिकोट ५ की छात्र सुधा खराल प्रथम, श्री त्रिभुवन मा.वि. मुसिकोट-६ का छात्र रमित कार्की द्वितीय र श्री शिव शंकर मा.वि. मुसिकोट-५ की छात्रा आकृती अर्याल तृतीय भएकी छन् ।

विगतका वर्षहरुमा सामान्य अनौपचारिक कार्यक्रममा सीमित रहेपनि यस वर्ष भने प्रमुख प्रशाशकीय अधिकृत भुषालको विषेश पहलमा प्रभातभेरी, भलिबल प्रतियोगीता, वक्तृत्वकला प्रतियोगीता लगायतका कार्यक्रमहरु सम्पन्न गरएिको हो ।

कार्यक्रममा नगरप्रमुख सापकोटाको अध्यक्षता, उपप्रमुख कमला शर्मा, प्रमुख प्रशाशकीय अधिकृत भुषाल, वडा नं १ का वडाध्यक्ष पूणर् बहादुर हितान, ४ का वडाध्यक्ष ओम बहादुर केसी, ८ का वडाध्यक्ष नारायण सापकोटा लगायतको विशेष उपस्थिति रहेको थियो । 

त्यस्तै कार्यक्रममा मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्यहरु, शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्त्याल, स्वास्थ्य सयोंजक डिबी जिसी, वास संयोजक सिता भुषाल, प्रशाशन शाखा प्रमुख प्रकाश घिमिरे, प्राविधिक शाखा प्रमुख राजिव गौतम, कृषि शाखा प्रमुख जनक पौडेल,सुचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझी, पशु शाखा प्रमुख महेन्द्र पन्थी, पञ्जीकरण शाखा प्रमुख विष्णु फुल्लेल, लगायत अन्य कर्मचारीहरु, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । नगरउपप्रमुख कमला शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख मुना ज्ञवालीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here