मुख्यमन्त्री लालबाबु राउतले रौतहट ग्राण्डी हस्पिटल एण्ड आँखा अस्पताल गरुडाको उद्घाटन

मेवालाल यादव, रौतहट , फागुन २६ गते । मुख्यमन्त्री लालबाबु राउतले रौतहट ग्राण्डी हस्पिटल एण्ड आँखा अस्पताल गरुडाको उद्घाटन गरिएको छ । मुख्यमन्त्री राउतको अनुसार रौतहटको मध्यभागमा सञ्चालनमा आएको अस्पतालले बिरामीहरुलाई भरपर्दो सेवा दिने बिश्वास ब्यक्त गरिएको छ स्वास्थ्य क्षेत्रमा पछाडी परेको प्रदेश २ मा स्वास्थ्य संस्थाहरुमा आमूल परिवर्तनको आबस्यक्ता रहेकोे उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार त्यस दिसामा अगाडी बढी सकेको दाबी समेत गरिएको हो । प्रदेश सरकारले सरकारी अस्पताल हरुको स्तरोन्नतिका लागि करोडौं रुपैया उपलब्ध गराए पनि अस्पतालहरु रकम खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए । गरुडाका नगरप्रमुख ईन्नु राय यादवकों अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भुमिब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादब , प्रदेश सभा सदस्य अब्दुल कलाम अजाद (फुलबाबु),रौतहट जिल्लाको उपसभापति राम आशिष यादव, बौधिमाई नगरपालिकाको नगर प्रमुख राजिव रन्जन यादव लगायत विभिन्न स्थानीय तह्का प्रमुखहरु, जनता समाजवादी पार्टीका नेताहरू लगायतको उपस्थिति रहेको थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here