मालढुंगामा रहेको पक्कि पुल जोखिममा
बागलुुङ । बागलुङ–कुश्मीशेरा सडकको मालढुंगामा रहेको पक्कि पुल जोखिममा परेको छ ।
काठेखोलामाथी निर्माण भएको पुलको पूर्व तर्फको भाग बाढीले बगाएको हो ।
पुलभन्दा केही माथी रहेको ठुलो चट्टान खसेर खोला थुनीएपछि बाढीले पुलमा क्षति पु¥याएको बागलुङ नगरपालिका–१ का वडा सदस्य सूर्य लामिछानेले बताए ।
पुल भत्किँदा जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क बिहिन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्