मारुती सिमेन्टको इजाजत रद्द

१७ मंसिर, काठमाडौं । मारुती सिमेन्टको इजाजत रद्द भएको छ । मापदण्डअनुसार गुणस्तर नपाइएपछि गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टको इजाजत रद्द गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार गुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजाजत रद्द गरिएको हो ।

frontline

यता मारुतीले सिमेन्टले भने उत्पादन गरेर बजारमा पठाएको सिमेन्ट गुणस्तर रहेको दाबी गर्दै आएको छ । मारुतीले सिमेन्ट गुणस्तर भएको दाबी गरेपनि ओपीसी ४३ ग्रेड ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिनुपर्ने उनले जानकारी दिए ।

विगतमा मारुती सिमेन्ट प्रयोग गरिएका विकास निर्माणका काम गुणस्तरहीन देखिन थालेपछि सरकारले अनुगमन तीव्र बनाएको थियो ।अनुगमनका क्रममा उक्त सिमेन्ट गुणस्तरहीन भएको प्रमाण फेला परेको थियो ।

अब, विभागले नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याइने जनाएको छ ।

विभागका अनुसार मारुती सिमेन्टको संकलित नमुना परीक्षण गर्दा सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो ।

मुख्य उत्पादन कार्यायलय सिरहामा रहेको मारुती सिमेन्टलाई गुणस्तरहीन सिमेन्टबारे विभागले १५ दिने स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here