मामा घरमा गएका बालकको डुबेर मृत्यु

२७ साउन, गुल्मी ।  गुल्मीका एक बालकको पोखरीमा डुबेर गएराति मृत्यु भएको छ । जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयगाका १४ वर्षीय मनोज रेश्मीको मृत्यु भएको हो ।

उनी हिजो साँझ मामाघर नजिकै रहेको डमराई पोखरमा पौैडी खेल्न लागेको बेला डुबेर अचेत अवस्थामा फेला परेका थिए ।

frontline

उनलाई स्थानीय सर्देवा प्रहरी चौकीका प्रहरीले उद्धार गरी उपचारका लागि पाल्पा मिशन अस्पतालमा लगिएका थिए ।

तर उनकाे गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी विरेन्द्र थापाले  बताए ।

चोयगास्थित कृष्णबहादुर रेश्मीका छोरा यही साउन १८ गते मामाघर गएकाे र उनी जनैपुर्णिमा मनाउन उतै बसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here