मामाघरमा सुतेका युवक मृत भेटिए

बिहीवार, विराटनगर । विराटनगरमा मामाको घरमा सुतेका एक युवक मंगलबार बिहान मृत फेला परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–८ सोनापुरका २३ वर्षीय राजेश पाण्डे सुतेकै ओछ्यानमा मृत फेला परेका हुन् । 

frontline

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मृतक राजेश विराटनगर महानगरपालिका–१२ स्थित मामा अशोक झाको घरमा सोमबार पाहुना आएका थिए ।

राति खाना खाएर सुतेका उनलाई बिहान ८ बजेतिर सुतेकै ओछ्यानमा मृत फेला पारेर मावलीले प्रहरीलाई खबर गरेका थिए ।

‘अघिल्लो दिन राति ११ बजेतिर भाइ (मामाको छोरा) १४ वर्षीय शुभम झासँग एउटै कोठामा सुतेका रहेछन् ।

भोलिपल्ट बिहान नउठेपछि माइजूले उठाउँदा ओछ्यानमै मृत्यु भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको रहेछन्,’ उनले भने, ‘मुखबाट फिँज आएको अवस्थामा प्रहरीले शव भेटेको हो । घटनाका बारेमा अनुसन्धान थालिएको छ ।’

प्रहरीका अनुसार एउटा कोठाभित्र राजेश भुइँमा र उनका मामाका छोरा शुभम खाटमा सुतेको खुलेको छ ।

‘माइजूले उठाउँदा नबोलेपछि घरको आँगनमा लगेर राखेछन्,’ श्रेष्ठ भन्छन्, ‘आँगनमा लगेपछि मुखबाट फिँज आएको भनेर प्रहरीलाई जानकारी गराइएको छ ।’

श्रेष्ठका अनुसार मृतकको शरीरका बाहिरी भागमा कुनै शंकास्पद चोटपटक भने देखिएको छैन ।

‘मुखबाट फिँज आइरहेकाले मृतकको स्वास्थ्यमा पुरानो कुनै समस्या वा शरीरको भित्री भागमा चोटपटक थियो किभन्ने हो,’ उनले भने, ‘हेर्दा देखिने बाहिरी चोटपटक भने केही पनि छैन’ उनले कोसी अस्पतालमा पोस्टमार्टमपछि अन्त्येष्टिका लागि शव परिवारका सदस्यले बुझेर लगिसकेको बताए ।

मृत्युको कारण पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि प्रष्ट हुने श्रेष्ठले बताए ।
 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here