मापसे गरेर मध्यराति भक्तपुरमा सहचालकले बस कुदाएपछि…

News Summary

Generated by OK AI. Editorially reviewed.

  • भक्तपुरमा मादक पदार्थ सेवन गरी सहचालकले चलाएको बस दुर्घटना भएको छ।
  • बस घरको कम्पाण्ड र मन्दिरमा ठोक्किएको थियो।
  • प्रहरीले सहचालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

३० वैशाख, काठमाडौं । भक्तपुरमा मादक पदार्थ सेवन (मापसे) गरेर सहचालकले बस चलाउँदा दुर्घटना भएको छ ।

frontline

मंगलबार राति २ः२० बजे मध्यपुरथिमि नगरपालिका-९ निकोसेरास्थित दुवाकोट मोडबाट निकोसेरातर्फ जाँदै गरेको बस दुर्घटना भएको थियो । बा. प्र. ०१–००६ ख ५९९८ नम्बरको भाडाको बस सानुमाया धौबन्जराको चार तले पक्की घरको कम्पाण्डमा गएर ठोक्किएको थियो । बस ठोक्किएपछि घरको सटर र मन्दिरमा क्षति पुगेको थियो ।

लगत्तै प्रहरीले बस चलाउने व्यक्ति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ घर भएका २० वर्षीय अनिल खत्रीलाई पक्राउ गरेको थियो । उनी चालक नभइ सहचालक रहेको खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।

उनका अनुसार राति मापसे गरेर सहचालक खत्रीले बस लिएर हिंडेका थिए । बस र चालकलाई प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

बस दुर्घटना |सहचालक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here