मापदन्ड विपरीतका संरचना खाली गराउँदै, भत्काउँदै तीज मान्न हिँडे बालेन
९ भदौ, काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले आज बिहीबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना खाली गराउँदै, भत्काउँदै हिँडे ।
साँझ आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउन अघि सरे ।
उपमेयर सुनीता डंगोलसहित पुगेका बालेनले महानगरका कर्मचारी महिलाहरुसँग तीजको रहर आयो बरिलै जस्ता गीतहरुमा नाचे ।
उपमेयर सुनीता भने थपडी बजाउँदै बसे पनि नाच्न भने अन्कनाइन् ।
महानगरको तीज अहिले पनि काठमाडौंको सभागृहमा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्