मानव अधिकार आयोगद्वारा राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश
२३ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आयोगका अध्यक्ष तपबहादुर मगरले बिहीबार राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेश गरेका हुन् ।
संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्