माओवादी केन्द्र केन्द्रीय कमिटिको बैठक पार्टी सुदृढिकरणमा केन्द्रीत

फाइल तस्बिर

फ्रन्टलाइन राजनीति । पछिल्लो समय केन्द्रिय राजनीतिमा अलिक कमजोर बन्दै गएको नेकपा माओवादी केन्द्रले पार्टी सुदृढिकरण गर्ने जमर्को थालेको छ । यसैबिच नेकपा माओवादी केन्द्रले पुससम्ममा पार्टीको सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय गरेको छ । आइतवार बसेको केन्द्रीय कमिटीको बैठकमा सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय गरेको हो । बैठकले हरेक सङ्गठनमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, युवालाई कम्तीमा २० प्रतिशत स्थान दिने गरी विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।

यस्तै माओवादीले पार्टीका जिल्ला समिति खारेज गरेर जिल्ला समन्वय कमिटी गठन गर्ने भएको छ । पारित भएको विधान अन्तरिम विधानका रूपमा लागू हुनेछ । यस्तै भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटेकै कारण दाचुर्लाका जयसिंह धामी बेपत्ता भएको भन्दै माओवादीले क्रुर घटनाको विरोध र आपत्ति जनाएको छ । यो घटनामा सरकारले कुटनीतिक छलफल गरेर दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरिएको छ ।

frontline

यस्तै गोर्खा सैनिकका माग पूरा गराउन बेलायतसँग कुटनीतिक छलफल गर्न, अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्न, सिन्धुपाल्चोक र मनाङसहितका जिल्लामा बाढी प्रभावितलाई छिटो पुनःस््थापना गर्न र कोरोना महामारी नियन्त्रणमा सरकारले थप प्रभावकारी काम गर्नुपर्ने निष्कर्ष पनि माओवादीको केन्द्रीय कमिटीको बैठकले निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here