माओवादी केन्द्रको जागरण अभियान पुनः सुरु

६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले जागरण अभियान पुनः सुरु हुँदै छ । अभियान सुरु गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु आज (बुधबार) बारा जाँदैछन् ।

अपराह्न चार बजे अभियान टोलीलाई स्थानीयले स्वागत गर्नेछन् । त्यसपछि आजैबाट कार्यक्रमहरु सुरु हुनेछन् । विहीबार दिनभर बाराका कार्यक्रममा सहभागी भएर शुक्रबार पर्सा पुग्ने कार्यक्रम छ ।

frontline

यही १२ फागुनमा झापाको कचनकवलबाट सुरु भएको अभियान २४ फागुनमा एक्कासी स्थगित गरिएको थियो । एक दिन एक जिल्लामा बिताउने र जनतासँग भेटघाट गर्ने अभियान आजबाट पुनः सुरु गर्न लागिएको हो ।

७ र ८ गते बारा र पर्साको कार्यक्रम सकिएपछि माओवादी नेताहरुको टोली ९ गते चितवन आउने छ ।

पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गमा केन्द्रित माओवादी केन्द्रको जागरण अभियान बीचबीचमा विश्राम गर्दै अघि बढ्ने छ र सुदूरपश्चिमको कञ्चनपुर पुगेर सम्पन्न हुनेछ ।

यसअघि माओवादी केन्द्रले अभियानका लागि तयार पारेको तालिका अनुसारको कार्यक्रम भने प्रभावित भएको छ । माओवादी केन्द्रले नयाँ तालिका सार्वजनिक गरेको छैन ।

जागरण अभियान |माओवादी केन्द्र

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here