माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि

फाइल तस्बिर।

२४ पौष, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा असहजता देखिएपछि शुक्रबार बेलुकी गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ । 

frontline

“उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ ।

यो बीचमा उहाँको सम्पर्कमा रहनुभएका सबैले सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं,” उनको सचिवालयले भनेको छ, “डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गराउँदछौं ।” 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here