माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

४ साउन, काठमाडौं । बर्दियाको गेरुवा गाउँपालिका-६ नौरंगामा हिजो साँझ माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बर्दियाकै राजापुर नगरपालिका-१ का ३२ वर्षीय बसन्त थारु रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो। 

frontline

नेपालगञ्जबाट गोलातर्फ आउँदै गरेको भे १ ख ३३६४ नम्बरको माइक्रोबसले पैदल हिँडिरहेका थारुलाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको हो। 

बससहित चालकलाई इलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here