महोत्तरीमा तीन दिनदेखि हराइरहेकी महिला मृत भेटिइन्

५ पुस, जनकपुरधाम । महोत्तरीमा तीन दिनदेखि हराइरहेकी एक महिला मृत अवस्थामा भेटिएकी छन् ।

मटिहानी नगरपालिका ३ बर्दाहा बस्ने फजेल राईनकी २२ वर्षीया पत्नी रुक्साना खातुन सोमबार मृत भेटिएकी हुन् ।

frontline

२ पुसदेखि बेपत्ता रहेकी उनी घरदेखि नजिकै रहेको सार्वजनिक पोखरीमा मृत फेला परेको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here