महोत्तरीमा ढोकामा च्यापिएर एक बालकको मृत्यु

१७ कार्तिक, महोत्तरी ।  महोत्तरीमा ढोकामा च्यापिएर एक जना बालकको मृत्यु भएको छ। 

मंगलबार मटिहानी नगरपालिका वडा नम्बर १ धिरापुर बुने प्रवोध साहका ९ वर्षीय छोराको ढोकामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। 

frontline

घरमा आमासँगै सरसफाइ गरिरहेका बालकको घाँटी ढोकामा च्यापिएको थियो। 

घाँटी अड्केपछि घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको थियो। त्यहीक्रममा उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। 

बालकको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइसकेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here