महोत्तरीको सोनामा गाउँपालिकाको मतगणना स्थलमा झडप
३१ वैशाख, महोत्तरी । महोत्तरीको सोनामा गाउँपालिकाको मतगणना स्थलमा झडप भएको छ । गणनामा कुरा नमिलेपछि झडप भएपछि मतगणना रोकिएको छ ।
गाउँपालिकाको सभाहलमा मतगणना थालेको केही समयमै झडप भएको निर्वाचन कार्यालय सोनामाले जनाएको छ ।
जम्मा ६ वटा मात्रै मत गणना भएको थियो ।
मतपत्रको कोठामा मसि लागेको मतपत्रलाइ सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा कुरा नमिलेपछि झडप भएको निर्वाचन अधिकृत दीपककुमार मिश्रले जानकारी दिए ।
मत गणनास्थलमा रहेका जसपा र लोसपाका पार्टी प्रतिनिधिबीच कुरा नमिलेपछि झडप सुरु भएको थियो ।
अहिले स्थिती सामान्य बनाउने काम भइरहेको मिश्रले बताए । स्थिती सामान्य भएपछि सर्वदलिय बैठक बसेर पुनः गणना सुचारु गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्