महिला भलिबल विजेता खेलाडीलाई पुरस्कार दिने सरकारको निर्णय

फाइल तस्बिर

१५ पुस, काठमाडौं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप विजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान-पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । 

frontline

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको पहलमा मन्त्री परिषदको बैठकले उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो । 

नेपाली टिमको जितले गौरव र खुसीको अनुभूती भएको उल्लेख गर्दै मन्त्री गहतराजले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा लगेका थिए ।

 बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको थियो । 

उपाधिविजेता नेपाली टिम बिहिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here