महालक्ष्मीमा खाद्य हरियाली शहर परियोजना, नास्ट संग भयो सम्झौता

फ्रन्टलाइन खबर, महालक्ष्मी । महालक्ष्मी नगरपालिका, ललितपुर र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट का बीच “खाद्य हरियाली शहर (फुड ग्रिन सिटी) परियोजना सम्बन्धमा ५ वर्षका लागि दुई पक्षीय समझदारी भएको छ । एक कार्यक्रमका बिच समझदारी पत्रमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ र ल्ब्क्त् का उपकुलपति डा. सुनिलवावु श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा नगरप्रमुख रामेश्वर श्रेष्ठ र उपकुलपति डा. सुनिलवावु श्रेष्ठले खाद्य हरियाली शहर परियोजना सञ्चालन सम्बन्धी दुई पक्षबीच भएको समझदारीबाट पुग्ने लाभ एवम् यसमा दुवै पक्षले गर्नुपर्ने योगदानको बारेमा चर्चा गर्नुभएको थियो भने सचिव महेश्वर कुमार अधिकारी र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले शुभकामना तथा प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नास्ट का प्रमुख वैज्ञानिक डा. कान्ति श्रेष्ठ, योजना तथा अनुगमन शाखा तथा प्रवर्धन शाखाका प्रमुख र महालक्ष्मी नगरपालिकाको वडा नं १, २, ३, ४, ६, ८ र ९ का वडाध्यक्षहरू, नगरपालिकाको विभिन्न शाखाको प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्री चिरञ्जीवी पौडेलले गर्नु भएको थियो । यस कार्यक्रम अन्तर्गत विद्यालय तथा समुदायमा अर्गानिक खाद्य हरियाली कार्यक्रमको नमूना कार्यक्रम कार्यान्वयन तथा अनुसन्धान हुनेछ । यस कार्यक्रमबाट नगरपालिकाले लिएको कृषिमा व्यवसायिकरण, विविधिकरण एवम् वैज्ञानिकीकरण गर्ने नीतिमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here