महालक्ष्मीको पैनाचल देखी कृष्ण मन्दीर सडक बिस्तार र कालोपत्र हुने
फ्रन्टलाइन, महालक्ष्मी । ललितपुर स्थित महालक्ष्मी नगरपालिकाको आर्थिक वर्ष ०७७÷७८ को लागि प्रदेश समपुरक अनुदान कार्यक्रम अन्तर्गत बागमती प्रदेश र महालक्ष्मी नगरपालिकाको सहलगानीमा स्वीकृत बोजेपोखरी सडक निर्माण योजना अन्तर्गत पैनाचल महादेव मन्दिर देखि कृष्ण मन्दिर सडक बिस्तार सहित कालोपत्रे गर्ने कार्य शुरु भएको छ ।
सोमबार नगर प्रमुख रामेश्वर श्रेष्ठले २०७७÷१२÷०२ सडक बिस्तार सहित कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्नुभयो। शिलान्यास कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापा, वडा नं १,३,४,५ र ७ का वडा अध्यक्षहरूसहित अन्य जनप्रतिनिधिहरू र नगरपालिकाका इन्जिनियरसहित अन्य प्राविधिक कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्