महामारीबीच असंवेदनशील अभिव्यक्ति दिदा रामदेव विवादमा

काठमाडौं । भारतका योग गुरू रामदेवले विवादित अभिव्यक्ति दिएपछि डाक्टरहरूले उनको आलोचना गरेका छन्।

उनले हालसालै कोरोना भाइरसका संक्रमितले आधुनिक औषधिको प्रयोग गर्दा दशौं हजारको मृत्यु भएको र बिरामीहरूका लागि अक्सिजन सिलिन्डर खोज्दै हिँडेको भन्दै व्यंग्यसमेत गरेका थिए।

frontline

भारतका स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनले आलोचना गरेपछि रामदेवले आफ्नो अभिव्यक्ति फिर्ता लिएका थिए। तर उनले सोमबार पुन: केही रोगको आधुनिक औषधी नहुने बताए। उनले एलोप्याथी उपचार विधिमाथि पनि टिप्पणी गरेका थिए। रामदेवजस्तै थुप्रैले आयुर्वेदिक औषधि बेचेर व्यापारमा सफलता भएका छन्।

एलोप्याथीका डाक्टरहरूको प्रतिनिधित्व गर्ने भारतीय मेडिकल एसोसिएसन (आइएमए)ले रामदेवले महामारीबीच असंवेदनशील अभिव्यक्ति दिएको बताएका छन्।

डाक्टरहरूले बिबिसीसँग कुरा गर्दै लाखौं समर्थक भएका रामदेवले त्यस्तो अभिव्यक्ति दिनु गैरजिम्मेवारीपूर्ण भएको बताए।

केही समयअघि रामदेवले बिरामीलाई अक्सिजन खोजेको भन्दै व्यंग्य गरेको भिडिओ सार्वजनिक भएको थियो। उक्त भिडिओ कहिलेको भन्ने खुलेको छैन। तर अप्रिल र मेको हुनसक्ने आशंका गरिएको छ।

‘भगवानले हामीलाई नि:शुल्क अक्सिजन दिएको छ, हामी किन त्यो सास फेर्दैनौं? यहाँ कसरी अक्सिजनको कमी हुन्छ जब भगवानले वातावरणलाई अक्सिजनले भरिदिएको छ? मूर्खहरू अक्सिजन सिलिन्डर खोज्दैछन्। नि:शुल्क अक्सिजन सास फेर्नुस् न। किन तपाईंहरू अक्सिजन, बेड र घाटको कमी भएको भनेर गुनासो गर्दै हुनुहुन्छ?,’ उनले भनेका थिए।

कोरोना संक्रमितका परिवार र चिकित्सकहरूले माफी माग्नुपर्ने भन्दै व्यापक आलोचना गरेपछि उक्त अभिव्यक्ति उनले फिर्ता लिएका थिए

त्यसकै दुई हप्ता पछि अर्को भिडिओ बाहिरिएको थियो। जहाँ उनले कोरोना संक्रमितको मृत्यु डाक्टरका कारण भएको भनेका छन्। कतिपय डाक्टरले उनलाई पक्राउ गर्न समेत माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here