महान्यायाधिवक्ता खातीले सर्वोच्चको विवाद समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह

८ पुस, काठमाडौं । महान्यायाधिवक्ता खम्बबहादुर खातीले सर्वोच्च अदालतको विवाद समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि प्रश्न उठेको भन्दै निकास निकाल्न प्रधानमन्त्रीलाई आग्रह गरे।

frontline

महान्यायाधिवक्ता कार्यालयको ७१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता खातीले सर्वोच्च अदालततिर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

‘प्रधानन्यायाधीशबारे कुरा उठेको छ। प्रधानमन्त्रीले विशेष चासो दिन म आग्रह गर्छु,’ सम्बोधनको क्रममा उनले भने।

महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएको कार्यक्रममा प्रधानन्यायाधीशमाथि प्रश्न उठेको भन्दै विपक्षी दलसँग कुरा गरेर निकास दिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here