महानगरले धेरै काम गरेको छ — मेयर शाक्य

 काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको समृद्धि र सेवा सन्तुष्टिका लागि अझै प्रयास गर्नु पर्ने बताउनुभएको छ । आज सभा गृहमा स्थानीय तह कर्मचारी युनियन नेपाल, नेपाल सफाई श्रमिक संघ र नेपाल यातायात मजदुर संघले कर्मचारी समायोजनलगायतका विषयमा दिएको माग पत्र बुझ्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो ।

‘हामी निर्वाचित भएर आउनुअघिको अवस्थाभन्दा अहिले धेरै सुधार भएको छ । तर, चित्त बुझाउने अवस्था आएको छैन । जनप्रतिनिधि र कर्मचारी मिलेर अझै काम गर्नुपर्छ ।’ मेयर शाक्यले भन्नुभयो — ‘कर्मचारीबाट साथ पाएको छु ।  तर मेरो लक्ष्य पूरा गर्न अझै सक्रियताको अपेक्षा गरेको छु ।’

frontline

कर्मचारीका मागका बिषयमा कुरा गर्दै उहाँले भन्नुभयो — ‘कार्यालयमा नयाँ कर्मचारी भर्ना गरिएको छैन । सरसफाइलगायत कुनै पनि सेवाका कर्मचारीलाई सेवाबाट बञ्चित हुने वातावरण आउन दिन्न । म निर्वाचित भएर आएपछि कुनै पनि कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिइएको छैन । महानगरले सञ्चालन गरेका कार्यक्रम बार्षिक नीति तथा कार्यक्रम र कार्यपालिकाको बैठकले गरेका निर्णयअनुसार भएका छन् । यसबाट जनप्रतिनिधि र कर्मचारी सबैको भलो हुन्छ ।’

त्यस क्रममा युनियन महानगर इकाईका अध्यक्ष शिवजी भट्टराईले स्थानीय सेवामा रहेका कर्मचारीको समयोजन गरिदिएर प्रोत्साहित गरिदिन आग्रह गर्नुभएको थियो । यसै गरी सफाइ श्रमिक संघका अध्यक्ष योगेश के. सी. ले फोहोर व्यवस्थापनका काम निजी क्षेत्रमा जाने हल्लाले आफूहरुको पेशामा असुरक्षा महसुस भएको बताउनुभएको थियो ।

माग पत्र बुझाउने क्रममा केन्द्रीय अध्यक्ष नरबहादुर साउद, महासचिव रामप्रसाद पौडेल, कोषाध्यक्ष बाबुकृष्ण पाठकसहितका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

युनियनले राखेको ५ बुँदे माग पत्रमा फोहोरमैला व्यवस्थापनमा ठेक्का प्रथाको अन्त्य, कर्मचारी समायोजन, अस्थायी र करार कर्मचारीको स्थायित्व, संगठन संरचनाका लागि अध्ययन तथा अनुसन्धानका आधारमा काम र पदसोपानलगायतका बुँदा समेटिएका छन् ।

मेयर शाक्यसँगको भेटपछि प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई समेट माग पत्र बुझाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here