महानगरद्वारा एकै दिन भत्काइए ४० बढी संरचना

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार मात्र ४० भन्दा बढी अवैध संरचना भत्काएको छ।

अवैध रूपमा निर्माण भएका संरचना भत्काउन महानगरले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचना डोजर लगाएर भत्काउन सुरू गरेको हो।  

frontline

उक्त कार्यअन्तर्गत सोमबार महानगरले काठमाडौं र तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने गुम्बा भन्ने स्थानमा रहेको खोला मिचेर बनाइएका केही टहरा र २० सटर भत्काइएको छ।

त्यसैगरी सडक मिचेर बनाइएका पर्खाल पनि डोजर लगाएर भत्काएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

माछापोखरी चोकमा फुटपाथ प्रयोग गरी निर्माण गरिएको फलामको भर्‍याङ र खुसिबुँमा पनि अवैध रूपमा बनाइएका ६ टहरा भत्काइएको प्रमुख पाण्डेले जानकारी दिए।

हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको र ती सबैलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको महानगरले जनाएको छ।

महानगरले यही भदौ ६ गतेदेखि अवैध रूपमा निर्माण भएका र निर्माण भएअनुरूप प्रयोजन नभएका संरचना भत्काउन थालेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here