महाकालीमा बेपत्ता दुई किशोरी अझै भेटिएनन्

फाइल तस्बिर

२९ साउन, काठमाडौं । दुई दिनदेखि महाकाली नदीमा बेपत्ता भएका दुई किशोरी अझै भेटिएका छैनन् ।

बैतडीको दशरथ चन्द नगरपालिका–८ सांगडीका १५ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा अझै फेला नपरेको प्रहरीले जनाएको छ ।

frontline

उनीहरूको खोजीका लागि महाकाली नदी क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिए पनि उनीहरु भेटिएका छैनन् ।

उनीहरू शुक्रबार दिउँसो २ बजे नुहाउने क्रममा महाकाली नदीको मौराबाट बेपत्ता भएका थिए ।

उनीहरूलाई खोज्न महाकाली नदी तटीय क्षेत्रको बैतडीसहित डडेलधुरा र कञ्चनपुरका साथै भारतीय सीमा सुरक्षा बललाई पनि अनुरोध गरिएको जनाइएको छ ।

दुवै किशोरी राजकीय इन्टरकलेज झुलाघाट भारतमा कक्षा १० मा अध्ययन गर्दै थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here