महतोको अभिव्यक्ति प्रती बामदेव दुःखी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबाट अत्यन्तै दुःखी बनेको बताएका छन् ।

उपप्रधानमन्त्रीको पदभार ग्रहण गरे लगत्तै महतोले संविधानको मर्म विपरीत अभिव्यक्ति दिएकोमा दुःखी बनेको गौतमले बताएका छन् ।

frontline

‘..संविधानको मर्म विपरीत कार्य गर्ने छैन भनी शपथ लिएको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले सञ्चालन गरिरहेको अन्तर्वार्ता सुन्दा म अत्यन्तै दुःखी भएको छु,’ गौतमले लेखेका छन् ।

संविधानले अनेकौं विशेषता सहितको नेपाल राष्ट्र र राज्य स्पष्ट भनेको उनले उल्लेख गरेका छन् ।

महतोको आन्दोलनप्रति प्रधानमन्त्री केपी ओलीको अनभिज्ञता देखेर आश्चर्यमा परेको पनि गौतमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here