मलेसियामा भीषण बाढी, २१ हजारभन्दा बढी मानिस विस्थापित

५ पुस, क्वालालम्पुर । मलेसियामा भीषण बाढीपछि २१ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

शनिबार मुसलधारे वर्षापछि आएको बाढीका कारण २१ हजारभन्दा बढी मानिस विस्थापित भएका हुन्।

frontline

स्थानीय मिडिया बेर्नमामा आइतबार प्रकाशित समाचारअनुसार मलेसियाका सातवटा राज्य बाढीले प्रभावित बनेका छन्।

सातवटा राज्यमध्ये पेरक राज्य सबैभन्दा बढी प्रभावित बनेको छ। बाढीपछि उद्धार गरिएका सबैलाई राहत केन्द्रहरुमा पुर्‍याइएको छ।

मलेसियामा शुक्रबार बिहानैदेखि भारी वर्षा भएको थियो। शनिबार परेको वर्षापछि भीषण बाढी आएको थियो। बाढीका कारण दर्जनौ सडक र भवनहरुमा क्षती पुगेको छ।

बाढीपछि उद्धार र राहत वितरणको लागि ६६ हजारभन्दा बढी प्रहरी र सेनालाई प्रभावित क्षेत्रमा खटाइएको त्यहाँको सरकारले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here