मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेलले बुझाए ओहोदाको प्रमाणपत्र

१४ असोज, मलेसिया  । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

राजदूत पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गरेका हुन्

frontline

कार्यक्रममा मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त भएका पौडेललाई बधाई दिनुका साथै मलेसियामा स्वागत गरेका थिए। 

राजदूत पौडेल र शिष्टाचार महापाल अतनले नेपाल र मलेसियाबीचमा रहिआएको ऐतिहासिक सम्बधका बहुआयामिक पक्षमा छलफल समेत गरेका थिए।

भेटमा दुई पक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै अघि बढ्ने बारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here