मलामी गएका पुरुष दोभानमा बगेर बेपत्ता

३१ साउन, गोरखा ।  मलामी गएका एक पुरुष नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका छन्। गोरखा नगरपालिका वडा नं १३ सिम्लेफाँटका ५५ वर्षीय भूवनबहादुर अधिकारी रामशाह घाटस्थित दरौँदी र मस्र्याङ्दीको दोभानमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

मंगलबार बिहान आफन्तको शव अन्येष्टिको क्रममा रामशाह घाटमा जाँदा उनी बेपत्ता भएका हुन्। दरौदी नदीतर्फको भंगालोमा पसेका उनी मस्र्याङ्दी नदीको भेलमा पुगेका डिएसपी लिलाराज लामिछानेले बताए।

frontline

सो घटनालगतै स्थानीय र प्रहरी खोजी कार्यमा जुटेका छन्। चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरीको उद्धार टोलीलाई पनि खोजीका लागि आग्रह गरिएको प्रहरीले जनाएको छ।   

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here