मलाई कारबाही बारे जानकारी छैन : धर्मराज रेग्मी

नेकपा माआवादीले कारबाही गरेको भनिएका कर्णाली प्रदेशका सांसद् धर्मराज रेग्मीले आफूलाई कारबाही बारे कुनै जानकारी नभएको बताउनुभएको छ ।

स्वास्थ्यमा समस्याको कारण काठमाडौंमा उपचार गराई रहनुभएका रग्मीले आफूलाई अहिलेसम्म माओवादी केन्द्रले कुनै स्पष्टिकरण नसोधेको जानकारी दिनुभयो । साथै आफूलाई कारबाही गरेको पत्र पनि नआएको उहाँले बताउनुभयो ।

frontline

नेकपा माओवादी केन्द्रको दैलेखबाट कर्णाली प्रदेश सभामा निर्वाचित हुनुभएका रेग्मी नेकपालाई सर्वोच्च अदालतले विघटन गरिदिएपछि नेकपा एमालेमा लाग्नुभएको थियो । उहाँ नेकपा एमालेको केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशको सचिव हुनुहुन्छ ।

सनराइज खबरलाई प्रतिक्रिया दिँदै उहाँले सबैले संवैधानिक र कानुनी प्रक्रियाबाट अघि बढ्नु पर्ने बताउनुभयो । ‘केही संवैधानिक, कानुनी प्रक्रिया छन्, दलले पनि त्यही अनुसार निर्णय गर्नुपर्छ, मलाई प्राप्त अधिकार मैले पनि प्रयोग गर्न पाउनुपर्छ, विधि प्रक्रिया भित्र रहेर त्यस्तो केही आयो भने म जवाफ दिउँला भनेको छु’, उहाँले भन्नुभयो ।

उहाँले प्रदेश संसदीय दलको बैठक पछि एमालेका सांसद्हरुले मन्त्री पद छाड्ने पनि जानकारी दिनुभयो । कर्णाली प्रदेशमा महेन्द्रबहादुर साही नेतृत्व माओवादी सरकारलाई नेकपा एमालेले दिएको समर्थन चैत ५ गते नै फिर्ता लिइसकेको छ । योसँगै सरकार अल्पमतमा परेको छ । एमालेको समर्थन बिना त्यहाँ कुनै पनि दलले सरकार बनाउने अवस्था छैन । ४० सदस्सीय प्रदेश सभामा एमालेका मात्रै २० जना सांसद् छन् ।

सरकारलाई दिएको मत दलले फिर्ता लिए पनि एकालेबाट गएका मन्त्रीले राजिनामा दिएका छैनन् । कर्णालीप्रदेश संसदीय दलको बैठक भोलि बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here