मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु

२४ फागुन, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारमुनि मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर एक विद्यार्थीको मृत्यु भएको छ ।

मंगलबार दिउँसो पौडी खेल्न गएका सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी सनिज श्रेष्ठको मृत्यु भएको हो ।

frontline

तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए । स्थानीयका अनुसार होस्टेलबाट एक जना शिक्षक र दुई जना विद्यार्थी पौडी खेल्न मर्स्याङदीमा गएका थिए ।

उनीहरूमध्ये पौडी खेल्ने क्रममा नदीले बगाएर सनिजको मृत्यु भएको हो । मध्यान्ह १२ बजेतिर बगाएकोमा उनको शव दिउँसो १ बजेतिर १० मिटर जति तल भेटिएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा नदीले बगाउँदै लगेको र केही बेर बेपत्ता बनाएपछि सँगै गएका शिक्षक विद्यार्थीले हारगुहार गरेपछि घटनाबारे जानकारी आएको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक गौतम बोहराले बताए ।

शवलाई पोष्टमार्टमको लागि बेंसीसहरस्थित जिल्ला अस्पतालमा ल्याइएको छ । मृतकका दाजु नाता पर्ने कृष्णकुमार श्रेष्ठले होस्टेलमा राखेको विद्यार्थीलाई बाहिर जान दिएकाले विद्यालयको लापरबाही देखिएको बताए ।

उनले विद्यालयका संस्थापक बाबुराम पौडेल र विद्यार्थी लाने शिक्षकलाई कारबाहीको माग गरेका छन् ।

आक्रोसित आफन्त र बाइसजाँगरका बासिन्दाले फ्युचरस्टार स्कुलको गेट समेत तोडफोड गरेका छन् । उनीहरूले २ वटा स्कुल, गाडीको सिसा र भ्यानको सिसा फुटाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here