मन्थलीलाई शैक्षिक हब बनाउन लागिपरेका छौं : नगरप्रमुख बस्नेत
रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेते मन्थलीलाई शैक्षिक हबका रुपमा विकास गर्नेगरी काम गरिरहेको बताउनुभएको छ । यसका लागि नगरपालिकाभित्रका सवै विद्यालय तथा क्याम्पसहरुको आवश्यक वृद्धि विकासका लागि नगरपालिका प्रभावकारी र दिर्घकालिन योजनाका साथ लागिरहेको उहाँको भनाई छ । शनिबार मन्थलीमा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको दोस्रो क्याम्पसभामा बोल्दै नगरप्रमुख बस्नेतले यस्तो बताउनुभएको हो । मन्थलीलाई शैक्षिक हब बनाउनसके सिङ्गो जिल्लाकै शिक्षा क्षेत्रको विकास हुने भन्दै नगरप्रमुख बस्नेतले मन्थली नगरपालिकाको योजनामा साथदिन सवैलाई आग्रह समेत गर्नुभयो । नगरभित्रका विद्यालय तथा क्याम्पसहरुमा भौतिक तथा फर्निचरको पूर्ण व्यवस्था भैसकेको भन्दै उहाँले अब आफुहरु गुणस्तरीय पठनपानमा लागेको बताउनुभयो । उहाँले शिक्षा सर्टिफिकेटका लागि मात्रै नभै जीवन उपयोगी र व्यवाहारिक हुनेपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयहरुको पठन पाठनमा गुणस्तर ल्याउनका लागि थप क्रियाशिला बन्न शिक्षक तथा अभिभावकहरुलाई समेत उहाँले आग्रह गर्नुभयो । समग्र शिक्षा क्षेत्रका लागि शैक्षिक संस्थाहरुला थप गतिशिल बनाउनुपर्ने आवश्यकता देखिएकाले सोहि अनुसार मन्थली नगरपालिका लागि रहेको नगरप्रमुख बस्नेतको भनाई छ ।….
https://statementandresponse.com/public/user/manthali#
प्रतिक्रिया दिनुहोस्