मन्त्रीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा

७ असोज, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर शिक्षकको जागीर खाएको भन्दै कैलालीको धनगढी उपमहानगरपालिका- ९ स्थित शिव माविकी शिक्षिका गीता सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

frontline

गीता सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती हुन् । गीताविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी गरिएको छ ।

शैक्षिक योग्यताका प्रमाणपत्र भारतबाट नक्कली बनाएर सरकारलाई ढाँट्ने वा नोक्सान पुर्‍याउने काम गरेको अख्तियारले जनाएको छ ।

सोडारीले बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्ली भारतबाट एउटै तहका दुईवटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली बनाएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने बदनीयत राखी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले  निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित झुट्टा प्रमाणपत्र पेश गरी भष्टाचारको कसुर गरेको देखिँदा निज शिक्षक गीता सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिइ आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here