मनकामना केवलकारमा यात्रुको चाप बढ्दै

चितवन,असोज । कोभिडका कारण लामो समय बन्द रहेको मनकामना केवुलकारमा यति बेला यात्रुको चाप बढ्दै गएको छ ।

गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको केवलकारमा नौरथा लागेसँगै यात्रुको चाप बढेको हो ।

frontline

मनकामना दर्शन प्रालिका सहायक महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बिहीबार केवलकार यात्रा गर्नेको सङ्ख्या दुई हजार ३०० रहेको थियो । खुलेको पहिलो दिन भदौ २३ गते ५०० हाराहारी रहेको सङ्ख्या क्रमशः बढ्दै गएको हो ।

गएको वैशाख १६ गतेदेखि केवलकार बन्द रहेको थियो । कोभिडका कारण ठूलो नोक्सान बेहोर्नुपरेको शेरचनले बताउनुभयो ।

विगतका वर्षमा यात्रुको चाप हुँदै गर्दा एकै दिन आठ हजार ८०० सम्म यात्रुले केवलकार चढेको तथ्याङ्क छ ।

चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारस्थित चेरेसमा केवलकारको मुख्य स्टेशन छ ।

त्यहाँबाट गोरखाको मनकामनामा केवलकार चढेर मन्दिरको दर्शन गर्न भक्तजन जाने गर्दछन् ।

भारतीय पर्यटक आइनसकेकाले सङ्ख्या धेरै बढेको छैन । भारतीय पर्यटक आएसँगै यो सङ्ख्या बढेर जाने शेरचनले बताउनुभयो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here