मध्यपुरथिमिलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन सम्पदा पदयात्रा संचालन

मध्यपुरथिमिलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उदेश्यले मध्यपुरथिमि नगरपालिकाले ‘गन्तव्य मध्यपुर अभियान’ अन्तर्गत सम्पदा पदयात्रा संचालन गरेको छ । अंग्रेजी नयाँवर्ष २०२१ को अवसर पारेर मध्यपुरथिमि नगरपालिकाले सम्पदा पदयात्रा संचालन गरेको हो ।

नगरपालिकाले ओस्ला नेपालको संयोजनमा शंखधर चोकबाट सुरु भएको पदयात्राको वाग्मती प्रदेश सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।पदयात्रा बोडेको कुमारी मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा मध्यपुरथिमि भित्रका बिभिन्न सम्पदाहरुको तस्विर सहितको जानकारी गन्तव्य मध्यपुर थिमि पर्यटकीय हाते पुस्तिका विमोचन गरिएको थियो ।

frontline

थिमिलाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन यहाँका बिभिन्न मूर्त तथा अमूर्त सम्पदाहरुको अवलोकनका साथै बाजागाजाका साथ बिभिन्न डबलीहरुमा साँस्कृतिक नाच, झाँकी सहित दाफा भजन प्रर्दशन गरिएको थियो । सम्पदा पदयात्रामा नयाँ निर्माण भएका तथा पुनर्निर्माण भएका ऐतिहासिक सम्पदा, पोखरी, पाटी, मन्दिर, पार्क तथा ढुंगेधाराको अवलोकन गरिएको थियो ।

पदयात्रामा वाग्मति प्रदेश सदस्यहरु डा.राजेन्द्रमान श्रेष्ठ, शशीजंग थापा, सरस्वती वाटी, पुरातत्व एवंसंस्कृतिविद्, स्थानीय जनप्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रतिनिधी, पर्यटन बोर्ड, पर्यटक पथप्रदर्शक तथा ट्राभल एजेन्सीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा बिभिन्न साँस्कृतिक झाँकीहरुका साथै महाकाली, मञ्जुश्री, अष्टमात्रिका नाच लगायतका साँस्कृतिक प्रस्तुती प्रर्दशन गरिएको थियो ।

उल्लेख्य सहभागि रहेको पदयात्रामा शंखधर चोकबाट तछुटोल, विष्णुबीर, बालकुमारी, वामुनेटोल, लाछी टोल, लोकेश्वर मन्दिर, दथुटोल, लायकु, सिवाटोल, निगुः पुखु, इनायटोल, इन्द्रायणी, विष्णु कुण्डल, दिगुटोल, ताहाननी, चोडे महालक्ष्मीस्थान, भुँलाखेल, हात्तिमहांकाल, सिद्धिकाली, कुमाननी, चपाचो गणेश, सोङ्गा पुखु, पाटी बिहार, बाहाखा बजार, गार्चा चोक, द्योः छेँ नगदेश, सिद्धि गणेश, बुद्ध विहार, विष्णु तकीँ, नछुटोल, लाछी, भाँगु, विष्णुघाट, लायकु, कमल पोखरी, कालिका मन्दिर, कुमारी द्योः स्क्वायरमा पुगेर सम्पदा यात्रा सम्पन्न भएको थियो ।

समापन समारोहमा बोल्दै सभामुख श्रेष्ठले नेपाल तपोभूमि रहेको यहाँबाट विश्वभर कला,संस्कृति फैलिएको र यसमा रहेको जीवित विज्ञानलाई उजागर गर्दै विश्वभर नेपाललाई अध्ययन गर्ने थलोको रुपमा विकास गर्नुपर्छ भन्नुभयो ।
सभामुख श्रेष्ठले मध्यपुरथिमि नगरपालिकालाई नेपालमा मात्रै नभई हालै मध्यपुरथिमि नगरपालिकाले हालै नेपालमै पहिलो पटक ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत विश्व मानचित्रमा चिनाउन सफल भएको बताउनुभयो ।

उहाँले भ्रकम्पले भत्काएको मात्रै नभई यहाँको मूर्त, अमूर्त कलाहरुको संरक्षण गर्दै यसलाई विश्वभर चिनाउन सफल मध्यपुरथिबिाट अरु नगरपालिकाले पनि सिक्नु पर्नेमाजोड दिदै उहाँले मध्यपुरथिमिमा तीनवर्षको अबधीमा भएको ठूलो परिवर्तनले नगरप्रमुखको क्षमता र सोँचको अाँकलन सहजै गर्न सकिने बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्राचिन सम्पदा बस्ती रहेको मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक, साँस्कृतिक, धार्मिक, जिवन्त कला देखाउदै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले सम्पदा पदयात्रा आयोजना गरेको बताउनुभयो ।

प्रमुख श्रेष्ठले अब आन्तरिक तथा बाह्य पर्यटकले कम्तीमा पनि तीन घण्टा मध्यपुर घुमेर मुर्त अमुर्त सम्पदा अवलोकनको आनन्द लिन सक्छन् भन्ने पदयात्राले सन्देश प्रवाह गरेको बतउनुभयो ।

त्यसअवसरमा पुरातत्वविद् प्रकाश दर्नाल, शंखधर साख्वाः प्रतिष्ठानका ज्ञानराम श्रेष्ठ लगायतले मध्यपुरथिमि नगरक्षेत्रमा कतिपय अन्यत्र नभएका गुमुज, शिखर छानो शैलीका सम्पदाहरु रहेको चर्चा गर्नुभयो ।

ओस्ला नेपालका अध्यक्ष एवं कार्यक्रम संयोजक राजेश श्रेष्ठले मध्यपुरथिमि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो भनेर पहिचान गराउने र यसको विश्वव्यापी रुपमा प्रचार गर्ने उदेश्यले पदयात्राको आयोजना गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here