मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहायक डिन र अंग्रेजीका विज्ञविरुद्ध भ्रष्टाचार मुद्दा

२८ कात्तिक, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डिन एवम् परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरुविरुद्ध प्रश्नपत्रको गोपनीयता भङ्ग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

frontline

अख्तियारले आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अंक थपघट गरिएको उनीहरुमाथि आरोप लगाएको छ ।

साथै उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा ऐ. ऐनको दफा १३ बमोजिम सजाय गर्न अख्तियारले मागदावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here