मदिरा पिएर होहल्ला गर्ने कांग्रेस गाउँ समिति सभापति प्रहरीको नियन्त्रणमा

श्रोत : ईन्टरनेट

२६ कार्तिक, कपिलवस्तु । कांग्रेस गाउँ समिति सभापति मदिरा पिएर होहल्ला गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको कांग्रेस विजयनगर गाउँ समिति सभापति जानकीप्रसाद यादव रहेका छन् । 

प्रहरीका अनुसार विजयनगर गाउँपालिका–६ खरेनी चोकमा यादवले स्थानीयसँग झगडा गरेका थिए । यादवले झगडा गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार राति ९ बजेतिर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

frontline

घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी पुगेपछि ड्युटीमा खटिएका प्रहरीलाई समेत उनले अभद्र व्यवहार गरेका थिए । यादवले प्रहरी निरीक्षक रणबहादुर विष्टलाई फोन गरी गाली गर्ने र थर्काउन लागेपछि नियन्त्रणमा लिई प्रहरी कार्यालयमा पुराएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका यादव नेपाली कांग्रेसको असोजमा सम्पन्न गाउँ अधिवेशनबाट गाउँ समिति सभापतिमा विजयी भएका थिए । यादवले भने आफूलाई गलत आरोपमा फसाएको प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here