मकवानपुर जिल्ला कोरोना मुक्त
६ चैत, मकवानपुर । मकवानपुर जिल्ला कोरोना मुक्त भएको छ ।
शनिबार आफ्नै घरमा रहेका ११ जना संक्रमित संक्रमणमुक्त भएसँगै जिल्ला संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरका स्वास्थ्य अधिकृत तथा सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
उनका अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा नयाँ संक्रमित नथपिएको र ११ जना संक्रमणमुक्त भएसँगै सक्रिय संक्रमितको संख्या शून्य भएको हो ।
जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ७१ जनाको मृत्यु भएको छ । पहिलो चरणको संक्रमणमा ३२ जनाको मृत्यु भएको थियो । दोस्रो र तेस्रो चरणमा १ सय ३९ जना गरि १ सय ७१ जनाको मृत्यु भएको हो ।
गत माघ महिनाको तेस्रो सातादेखि कोरोनाको कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्