मकवानपुरको ३६४ वटै मतदान केन्द्रमा पुगे कर्मचारी र सुरक्षाकर्मी

२ मंसिर, हेटौंडा । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरको ३६४ वटै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्। 

निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्न सबै मतदान केन्द्रमा आवश्यक जनशक्ति र सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए। 

frontline

मतदान केन्द्रमाहरूमा मतपत्र, मतदान पेटिकासँगै अन्य आवश्यक सामग्रीहरू पुगिसकेको र मतदान केन्द्रहरूमा मतदान स्थल निर्माण तथा व्यवस्थापनका लागि कर्मचारी र सुरक्षाकर्मी खटिइरहेको निरौलाले बताए। 

जिल्लामा निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसमेत गरी ३ हजार ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। 

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा पारदर्शी ढंगबाट सम्पन्न गर्न जिल्ला सुरक्षा समितिको बैठक बसी आवश्यक निर्देशन जारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी हरिदत्त कंडेलले जानकारी दिए। 

दुईवटा निर्वाचन  क्षेत्र रहेको मकवानपुरमा ३ लाख ७७८ जना मतदाता रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here